२०८२ माघ ११ गते आइतवार
बागमती प्रदेशसभा बैठक बुधबार दिउँसो २ बजे बस्दैछ । जेठ १६ गते प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०७९\०८० का लागि नीति तथा कार्यक्रम माथि छलफल गर्न प्रदेशसभा बैठक बस्न लागेको हो।
सोमबार प्रदेश प्र्रमुख यादवचन्द्र शर्माले संसदमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। बैठकमा सांसदहरूले दलगत रूपमा सरकारको नीति तथा कार्यक्रम माथि छलफल गर्ने कार्यसूची रहेको छ।
प्रदेश सरकारले आगामी वर्षको लागि ल्याएको नीति तथा कार्यक्रममा नयाँ योजना नआएको प्रतिपक्षी दलहरूले बताएका छन्। परम्परागत ढंगले पुरानै शैलीमा सरकारले कार्यक्रम ल्याएको उनीहरूको आरोप छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij