२०८२ भाद्र ५ गते बिहिवार
काठमाडौं । संविधान सभा अध्यक्ष तथा नेकपा नेता सुवास नेम्वाङले प्रधानमन्त्रीले प्रतिनिधि सभा भंग गर्न नसक्ने विषयलाई आफ्नो लेखमार्फत् समेत प्रष्ट्याएको पाइएको छ। ‘नेपाल कन्स्टिच्युसन भिजन एन्ड इम्प्लिमेन्ट’ नामक पुस्तकमा उनले यस्तो लेखेको पाइएको हो।
‘नेसनल फोरम अफ पार्लियामेन्टरियन्स अन पपुलेसन एन्ड डेभलपमेन्ट’ नामक संस्थाले प्रकाशन गरेको पुस्तकमा नेम्वाङको अंग्रेजी लेख प्रकाशित छ। त्यसमा उनले लेखेका छन्, ‘प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गर्न र नयाँ निर्वाचन घोषणा गर्न सक्दैनन्।’
उनले राजनीतिक अस्थिरता रोक्न राजनीतिक दलहरुबीचको छलफल र विगत अनुभवबाट संसद्को पुनस्संरचना गरिएको उल्लेख गरेका छन्। यसैगरी प्रधानमन्त्रीका विरुद्ध दुई वर्षसम्म अविश्वास प्रस्ताव ल्याउन नपाइने र अविश्वास प्रस्ताव फेल भएको अर्को एक वर्षमा ल्याउन नपाइने व्यवस्था रहेको विषयलाई यसैसँग जोडेका छन्।
प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गर्न नसक्ने भनेर उनले बोलेको भिडियो यसअघि सार्वजनिक भइसकेको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij