Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

काठमाडौँ महानगर १५ को अध्यक्षमा एकीकृत समाजवादीका डङ्गोल विजयी

काठमाडौँ महानगर १५ को अध्यक्षमा एकीकृत समाजवादीका डङ्गोल विजयी


  • 2.4K
    Shares

    काठमाडौँ महानगर १५ को अध्यक्षमा एकीकृत समाजवादीका डङ्गोल विजयी
    images

    काठमाडौँ महानगरपालिका वडा नं १५ को वडाध्यक्षमा नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार ईश्वरमान डङ्गोल विजयी हुनुभएको छ ।

    गत वैशाख ३० गते सम्पन्न मतदानको केहीबेर अगाडि सम्पन्न मतगणनामा डङ्गोल तीन हजार ४७६ मत प्राप्त गरी दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा विजयी हुनुभएको हो । उहाँ यसअघि पनि सोही वडाको अध्यक्ष हुनुहुन्थ्यो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार जीवन डङ्गोलले एक हजार ५७२ मत प्राप्त गर्नुभयो ।

    यस्तै चार सदस्यमा पनि नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार विजयी हुनुभएको छ । वडासदस्य खुलामा विजु श्रेष्ठ र अवसरा केसी, महिला सदस्यमा मैयालक्ष्मी महर्जन र दलित महिला सदस्यमा रीता मिजार विजयी हुनुभएको छ ।

    डङ्गोल वडाध्यक्ष निर्वाचित भएसँगै एकीकृत समाजवादीले काठमाडौँ महानगरपालिकामा एक वडाध्यक्ष जितेको छ । काठमाडौँ–१५ मा माल्चाटार, स्वयम्भू, गीतामाता, विजेश्वरी, शोभाभगवतीलगायतका क्षेत्र पर्दछन् ।

    प्रकाशित मिति :जेठ १२ २०७९ बिहिवार - १६:१०:३४ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij