Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

वीपी प्रतिष्ठानमा कोरोना संक्रमित एक महिलाको मृत्यु

वीपी प्रतिष्ठानमा कोरोना संक्रमित एक महिलाको मृत्यु


  • 7.0K
    Shares

    वीपी प्रतिष्ठानमा कोरोना संक्रमित एक महिलाको मृत्यु

    सुनसरी । सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोभिड-१९ को संक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।

    धनकुटाको धनकुटा नगरपालिका-४ निवासी ७७ वर्षीया महिलाको प्रतिष्ठान कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

    प्रतिष्ठानको सूचना केन्द्रका अनुसार ती महिलाको बिहान ६ बजे मृत्यु भएको हो । उच्च रत्तचापको समस्या रहेको महिला गत पुष १४ गते अस्पताल भर्ना भएका थिए । उनमा पुष १६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । मृतकको शवको नियमानुसार व्यवस्थापनको तयारी भइरहेको प्रतिष्ठानले जनाएको छ ।

    प्रकाशित मिति :माघ ६ २०७७ मंगलवार - १०:३५:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij