Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

प्रदेश नं १ को बजेट अधिवेशन जेठ १६ गते आह्वान

प्रदेश नं १ को बजेट अधिवेशन जेठ १६ गते आह्वान


  • 2.6K
    Shares

    प्रदेश नं १ को बजेट अधिवेशन जेठ १६ गते आह्वान
    images

    प्रदेश नं १ को प्रदेशसभाको दशौँ तथा बजेट अधिवेशन यही जेठ १६ गते सोमबार बिहान ११ बजेका लागि आह्वान गरिएको छ ।

    प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसअनुसार बैठक आह्वान गर्नुभएको हो । उहाँले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम उक्त दिन अधिवेशन आह्वान गर्नुभएको हो ।

    प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा अधिवेशन आह्वान सम्बन्धि सूचना उल्लेख छ ।

    प्रकाशित मिति :जेठ ११ २०७९ बुधवार - ११:४७:०८ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij