Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

विराटनगरको मेयरमा नागेश कोइराला र उपमेयरमा शिल्पा कार्की विजयी

विराटनगरको मेयरमा नागेश कोइराला र उपमेयरमा शिल्पा कार्की विजयी


  • 5.0K
    Shares

    विराटनगरको मेयरमा नागेश कोइराला र उपमेयरमा शिल्पा कार्की विजयी

    विराटनगर महानगरपालिकाको मेयरमा नेपाली काँग्रेसका नागेश कोइराला विजयी भएका छन् । गएराति सार्वजनिक गरिएको अन्तिम मतपरिणामअनुसार कोइराला ३० हजार १७० मतका साथ विजयी भएका हुन् । 
    उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका सागर कुमार थापाले २१ हजार ४५५ मत पाए । स्वतन्त्र उम्मेदवार उमेश कुमार यादव तेस्रो भए । 

    सो महानगरपालिकाको उपमेयरमा एमालेकी शिल्पा कार्की विजयी भइन् । उनले जसपाका अमरेन्द्र यादवलाई पराजित गर्दै विजयी भएकी हुन् । शिल्पाले २५ हजार ६८० मत पाउँदा अमरेन्द्रले १४ हजार २१९ मत पाए । 

    विराटनगरमा सत्ता गठबन्धन रहेको थियो । जसअनुसार काँग्रेसले मेयर र जसपाले उपमेयर पाएको थियो । जसमा गठबन्धन तोड्दै उपमेयर एमालेले जितेको हो । 

    प्रकाशित मिति :जेठ ७ २०७९ शनिवार - ०६:३६:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij