Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

नेपाली सेनाका फलोअर्स र सिपाहीको अब १६ वर्षमै पेन्सन

नेपाली सेनाका फलोअर्स र सिपाहीको अब १६ वर्षमै पेन्सन


  • 12.4K
    Shares

    नेपाली सेनाका फलोअर्स र सिपाहीको अब १६ वर्षमै पेन्सन

    काठमाडौँ । नेपाली सेनाको सैनिक सेवा नियमावली तेस्रोपटक संशोधन भएको छ । सेनाको संशोधित नियमावलीका अनुसार नेपाली सेनाका फलोअर्स र सिपाहीको पेन्सन सेवा प्रवेश गरेको १६ वर्षमा नै हुने व्यवस्था गरिएको छ ।

    सेनाले राखेको यो प्रस्तावलाई रक्षा मन्त्रालयले सहमति जनाउँदै कानुन मन्त्रालयलाई पत्राचार गरेको छ । सैनिक स्रोतका अनुसार नयाँ नियमावलीअनुसार अब २०६० साल वैशाख २८ गते र सोभन्दा पछि सेनामा भर्ना भएका सिपाही र फलोअर्सले १६ वर्षमा नै पेन्सन पाउनेछन् । 

    नेपाली सेनाका सिपाइहरुले बिगत १७ वर्षदेखि पेन्सनको अवधि घटाउनुपर्ने माग राख्दै आएका थिए । यो संसोधनसँगै नेपाली सेनामा कार्यरत तल्लो तहमा कार्यरत सिपाहीलाई राहत पुगेको छ । यसैगरी, सेहायक सेनानी र सोभन्दामाथि महारथीको पेन्सन २० वर्षमा हुनेछ । सुवेदार,  प्रमुख सुवेदारको १९, जमदारको १८ र प्युठ, अमलदार तथा हुद्दाको सत्र वर्ष कायम गरिएको छ ।

    प्रकाशित मिति :माघ ५ २०७७ सोमवार - १३:०२:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij