२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । अपि पावर कम्पनीको हकप्रद शेयरमा आवेदन दिन आज अन्तिम दिन रहेको छ । कम्पनीले गत कात्तिक १४ गतेदेखि हकप्रद शेयर निष्काशन गरेको थियो । आज बैंकिङ समय अर्थात् साँझ ५ बजेपछि आवेदन बन्द गरिने छ ।
कम्पनीले एक सय रुपैयाँ अंकित दरका ५६ करोड ७० लाख रुपैयाँ बराबरको ५६ लाख ७० हजार कित्ता हकप्रद जारी गरेको थियो । कम्पनीले हाल कायम एक कित्ता शेयर बराबर नयाँ ०.४७ कित्ता शेयर को अनुपातमा हकप्रद शेयर निष्काशन गरेको थियो ।
कम्पनीले हकप्रद निष्काशनका लागि २०७६ चैत १ गते शेयर दाखिला खारेजी (बुकक्लोज) गरेको थियो। यसअनुसार फागुन ३० गतेसम्म कायम यस कम्पनीका शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन् ।
कम्पनीको हकप्रद शेयर बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । उक्त हकप्रदले इक्रा नेपालबाट इक्राएनपि आईपीओ ग्रेड ४ रेटिङ्ग पाएको छ । हाल कम्पनीको चुक्तापुँजी रु १ अर्ब १९ करोड ७ लाख रहेको छ । हकप्रद पछि यसको चुक्तापुँजी रु १ अर्ब ७५ करोड ७७ लाख रुपैयाँ पुग्नेछ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij