२०८२ माघ ८ गते बिहिवार
नेपाली बजारमा सुनको मूल्य पुन: घटेको छ। मंगलबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। यस्तै, तेजाबी सुनको मूल्य ९६ हजार ७०० रुपैयाँ कायम भएको छ।
सोमबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार २०० र तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ७०० रुपैयाँ थियो। मंगलबार चाँदीको मूल्य भने यथावत् रहेको छ। मंगलबार चाँदीको मूल्य प्रतितोला १ हजार २९० रुपैयाँ छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij