Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

इन्टरनेट बन्द हुने चेतावनीपछि मन्त्रालय र आईस्पानबीच बैठक, के भयो निर्णय ?

इन्टरनेट बन्द हुने चेतावनीपछि मन्त्रालय र आईस्पानबीच बैठक, के भयो निर्णय ?


  • 7.1K
    Shares

    इन्टरनेट बन्द हुने चेतावनीपछि मन्त्रालय र आईस्पानबीच बैठक, के भयो निर्णय ?
    images

    इन्टरनेट क्षेत्रको समस्या समाधान गर्न सरकारले कुनै पहल नगरेको भन्दै निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकले देशभर इन्टरनेट सेवा बन्द हुनसक्ने चेतावनी दिएपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले इन्टरटेन सेवा प्रदायक संघ (आईस्पान)सँग संवाद सुरु गरेको छ ।

    मन्त्रालयले नियतवश अत्यावश्यक इन्टरनेट सेवा अवरुद्ध गर्न विदेशी मुद्रा सिफारिस रोकेको र इन्टरनेट क्षेत्रका अन्य समस्या सम्बोधन गर्न चासो नदिएकाले आईस्पानले यस वर्षको राष्ट्रिय आईसीटी दिवस बहिष्कार गर्ने निर्णयसमेत गरेको थियो ।

    आइतबार बसेको बैठकमा मन्त्रालयका तर्फबाट सचिव वैकुण्ठ अर्याल, प्रवक्ता विनोद प्रकाश सिंह, सहसचिवहरू उत्तरकुमार खत्री र अनिल दत्तका साथै योजना र लेखाप्रमुख सहभागी थिए । त्यस्तै आईस्पानका तर्फबाट अध्यक्ष सुधिर पराजुली र प्रमुख कार्यकारी अधिकृत सुवास खड्का (सीईओ) सहभागी थिए ।

    बैठकका सकारात्मक छलफल भएको र मन्त्रालयले निजी इन्टरनेट सेवा प्रदायकहरूलाई राष्ट्रिय आईसीटी दिवसमा सहभागी हुन आग्रह गरेको आईस्पानका सीईओ सुवास खड्काले जानकारी दिए ।

    ‘आईस्पानले उठाएका विषयमा मन्त्रालय सकारात्मक देखिएको छ, उनले भने, ‘आज हुने आईसीटी दिवसमा सहभागी हुन उहाँहरुले विशेष अनुरोध गर्नुभएको छ ।’

    यसपछि बसेको आईस्पानको कार्यकारी समितिको बैठकले मन्त्रालयको आग्रह अनुरुप सकारात्मकताका आधारमा अगाडि बढ्ने निर्णय गरेको पनि उनले जानकारी दिए ।

    प्रकाशित मिति :बैशाख १९ २०७९ सोमवार - ११:०४:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij