Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

१० महिनापछि खुले काठमाडौं महानगरपालिका भित्रका विद्यालय

१० महिनापछि खुले काठमाडौं महानगरपालिका भित्रका विद्यालय


  • 8.1K
    Shares

    १० महिनापछि खुले काठमाडौं महानगरपालिका भित्रका विद्यालय

    काठमाडौं । कोभिड–१९ को कारण गत चैत्रदेखि बन्द रहेका काठमाडौं महानगरपालिका भित्रका विद्यालय आइतबारदेखि खुलेका छन् । भौतिक रुपमै उपस्थित भई कक्षा सञ्चालन गर्ने गरी विद्यालयहरू खुलेका हुन् ।

    काठमाडौँ महानगरपालिकाले भौतिक दुरी कायम गरेर स्वास्थ्य मापदण्ड पूरा गर्न सक्ने विद्यालयले विद्यार्थीहरूको उपस्थितिमा विद्यालय खोल्न सकिने बताएपछि महानगरपालिका भित्रका केही विद्यालय खुलेका हुन् ।

    कतिपय विद्यालयले दुई सिफ्टमा कक्षा सञ्चालन गरेर विद्यार्थीहरुको चाप घटाएका छन् । विजय स्मारक माध्यामिक विद्यालयका प्रध्यानाध्यापक डिल्लीप्रसाद शर्माले विद्यालय भौतिक रूपमा पठनपाठन गर्नेगरी खुलेको जानकारी दिनुभयो । भौतिक रूपमा विद्यालय सञ्चालन गरिएसँगै विद्यार्थीहरू मास्कको प्रयोगसहित विद्यालय जान थालेका छन् ।

    काठमाडौंका केही विद्यालयहरू खुले पनि सम्पूर्ण विद्यालय खुल्न भने अझै केही दिन लाग्ने भएको छ । कतिपय विद्यालयले भने पूर्वतयारी गरिरहेको र काठमाडौँ महानगरपालिकाको औपचारिक पत्र प्राप्त नगरेको भन्दै विद्यालय खोलिसकेका छैनन् ।

    प्रकाशित मिति :माघ ४ २०७७ आइतवार - १४:०६:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij