Logo

२०८२ भाद्र २० गते शुक्रवार

२०८२ भाद्र २० गते शुक्रवार

नर्वेमा कोभिडविरुद्ध फाइजरको खोप लगाएका २९ जनाको मृत्यु

नर्वेमा कोभिडविरुद्ध फाइजरको खोप लगाएका २९ जनाको मृत्यु


  • 6.5K
    Shares

    नर्वेमा कोभिडविरुद्ध फाइजरको खोप लगाएका २९ जनाको मृत्यु
    images

    कोरोना भाइरसविरुद्धको खोप धेरै देशले लगाउन थालेका छन् । तर नर्वेमा खोप लगाएपछि मानिसहरूको मृत्यु भएपछि त्यहाँको सरकारले चिन्ता व्यक्त गरेको छ । फाइजरको खोप लगाएका २९ जनाको मृत्यु भइसकेको छ । 

    खोप लगाएकामध्ये धेरैजसो वृद्धहरूको मृत्यु भएको छ । उनीहरूको उमेर ७५ देखि ८० वर्ष छ । उनीहरूले खोप लगाउँदा त्यो कोरोनाभाइरस रोक्न सक्षम थियो कि थिएन भन्ने विषय स्पष्ट छैन । 

    नर्वेमा लगभग ४२ हजार मानिसलाई फाइजरको कम्तीमा एक डोज दिइसकिएको छ । वृद्ध तथा अन्य व्यक्तिलाई यो खोप जोखिमयुक्त मानिएको छ । 

    नर्वे मेडिसिन एजेन्सीले शनिवार ब्लूमबर्ग पत्रिकालाई लिखित जवाफ दिँदै शुक्रवारसम्म फाइजर र बायोएनटेक एसईले बनाएको खोप मात्र दिइएको र खोपकै कारण मृत्यु भएको बताएको छ । 

    एजेन्सीले बतायो, ‘अधिकांश मानिसले खोपको अपेक्षित दुष्प्रभावको अनुभव गरेका छन् । उनीहरूलाई वाकावाकी, ज्वरो आउने समस्या देखिएको छ । यसले अन्तर्निहित स्थिति बिगार्दै लगेको छ ।’ एजेन्सी

    प्रकाशित मिति :माघ ४ २०७७ आइतवार - १२:५४:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij