२०८२ भाद्र २ गते सोमवार
हुम्ला । हुम्लामा हवाई मार्गबाट आउनका लागि अब पीसीआर रिपोर्ट नचाहिने भएको छ ।
हुम्लामा यसअघिसम्म संक्रमण नभएको रिपोर्ट देखाउनु पर्ने नियम थियो । हुम्लामा अन्य जिल्लाबाट उडानमार्फत आउदा अनिवार्य पीसीआर रिपोर्ट चाहिने गर्दथ्यो ।
तर शुक्रबारबाट उडानमार्फत हुम्ला आउन अनिवार्य पीसीआर रिपार्ट हुनुपर्ने बाध्यता हटाइएको जिल्ला कोभिड-१९ संकट ब्यबस्थापन केन्द्रका संयोजक एबं प्रमुख जिल्ला अधिकारी चिरन्जिबी गिरिले जानकारी दिनुभयो । यो नियम शनिबारदेखि लागु भएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij