Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

टावरमा खराबी आउँदा सञ्चार सेवा अवरुद्ध

टावरमा खराबी आउँदा सञ्चार सेवा अवरुद्ध


  • 5.1K
    Shares

    • images
    टावरमा खराबी आउँदा सञ्चार सेवा अवरुद्ध
    images

    रुकुमपश्चिमको आठबीसकोट नगरपालिकाको हिमाली क्षेत्र गोतामकोटमा रहेको नेपाल टेलिकमको नमस्ते प्राविधिको टावरमा खराबी आउँदा डोल्पामा समेत सञ्चार सेवा अवरुद्ध भएको छ ।

    दुई दिनदेखि अवरुद्ध जाजरकोट पूर्वी क्षेत्र, रुकुमको आठबीसकोटको माथिल्लो भाग र डोल्पाको तल्लो भाग सञ्चार सेवाबाट बञ्चित भएको मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिनुभयो ।

    टेलिकम क्षेत्रीय कार्यालय नेपालगञ्जले प्राविधिकसहितको टोली आज पठाउने काम सुरु गरेको जनाएको छ । सञ्चार सेवा अवरुद्ध हुँदा सेवाग्रही मर्कामा परेका छन् ।

    जाजरकोट पूर्वमा टेलिफोन टावर सञ्चालमा रहँदा पनि राम्रोसँग काम नगर्ने, आवाज नबुझिने र बीच–बीचमै कट्ने समस्या रहेको नलगाड नगर प्रमुख टेकबहादुर रावलले बताउनुभयो ।

    प्रकाशित मिति :चैत्र २९ २०७८ मंगलवार - १२:५१:३७ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij