Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

सर्लाहीमा बस पल्टिँदा चालकसहित २४ जना घाइते

सर्लाहीमा बस पल्टिँदा चालकसहित २४ जना घाइते


  • 3.3K
    Shares

    • images
    सर्लाहीमा बस पल्टिँदा चालकसहित २४ जना घाइते
    images

    सर्लाही। सर्लाहीको ईश्वरपुर नगरपालिका-१२ स्थित पूर्व-पश्चिम लोकमार्गअन्तर्गत फुलजोरमा आज तीर्थयात्रु चढेको बस दुर्घटना भएको छ। दुर्घटनामा चालकसहित २५ जना घाइते भएको इलाका प्रहरी कार्यालय केशरगञ्जले जनाएको छ। प्रहरीका अनुसार बसमा सवार ३४ जनामध्ये नौ जना सकुशल रहेका र एक जनाको अवस्था गम्भीर घाइते भएका छन्।

    धार्मिक तीर्थस्थल प्युठानको स्वर्गद्वारी पुगेर फर्किंदै गरेको प्रदेश ३-०१-००५ ख ९८६० नम्बरको बस फूलजोर चोक नजिकै अनियन्त्रित भई पल्टिँदा २५ जना घाइते भएका र त्यसमध्ये २४ जना सामान्य घाइते भएका छन्।

    उनीहरुको स्थानीय स्वास्थ्य चौकीमा उपचार भई घर फर्किएका र एक जनालाई उपचारका लागि जनकपुर पठाइएको इलाका प्रहरी कार्यालय केशरगञ्ज बयलबासका प्रहरी प्रमुख प्रहरी निरीक्षक जनकराज ढुङ्गानाले जानकारी दिए।

    उनका अनुसार मोरङको पारिश्रमिक सहकारी संस्थाका सदस्यहरुले रिर्जभ गरेर स्वर्गद्वारी पुगेर फर्किंदै गरेको बस दुर्घटनामा परेको हो। दुर्घटना भएको यात्रु बसका चालक र साहु भने प्रहरीको सम्पर्कमा नै रहेका छन्।

    प्रकाशित मिति :चैत्र २८ २०७८ सोमवार - २१:२८:११ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij