Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

कङ्गोमा घाइते नेपाली शान्ति सैनिकको निधन

कङ्गोमा घाइते नेपाली शान्ति सैनिकको निधन


  • 2.8K
    Shares

    • images
    कङ्गोमा घाइते नेपाली शान्ति सैनिकको निधन
    images

    संयुक्त राष्ट्रसङ्घको आह्वानमा कङ्गोमा तैनाथ ‘नेप क्युआरएफ कम्पनी’ शान्ति सेनाको पहिलो डफफ्मा कार्यरत एक नेपाली शान्ति सैनिकको निधन भएको छ ।

    ‘अप्रेसन बाली’ का क्रममा मङ्गलबार घाइते हुनुभएका सुर्खेत घर भएका अनिल गुरुङको निधन भएको नेपाली सेनाका प्रवक्ता नारायण सिल्वालले जानकारी दिनुभयो ।

    प्रमुख सेनानी निकिल कुँवरको कमाण्डमा सञ्चालन गरिएको खोजतलास कारबाहीमा विद्रोहीको अब्जेक्टिभ कब्जा गरी जमिन होल्डपछि विद्रोहीबाट भएको फायरमा मिशनमा कार्यरत शान्ति सैनिक गुरुङ घाइते हुनुभएको थियो ।

    घाइते गुरुङलाई हेलिकप्टरमार्फत उद्धार गरी उपचारका लागि बुनियाँस्थित लेबल–२ अस्पतालमा भर्ना गरिएको थियो । यसैबीच संयुक्त राष्ट्रसङ्घका महासचिवका सहायक प्रवक्ताले एक विज्ञप्ति जारी गर्दै दिवंगत नेपाली सैनिकप्रति श्रद्धाञ्जलि तथा परिवारजनप्रति समवेदना प्रकट गर्नुभएको छ ।

    शान्ति सैनिकमाथि गरिएको आक्रमणको संयुक्त राष्ट्रसङ्घले निन्दा गरेको छ । 

    प्रकाशित मिति :चैत्र २३ २०७८ बुधवार - १०:१२:३७ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij