Logo

२०८२ माघ ११ गते आइतवार

२०८२ माघ ११ गते आइतवार

मंगलबार पनि ओरालो यात्रालाई पछ्यादै दोहोरो अंकले घट्यो शेयर बजार, कारोबार रकममा पनि गिरावट

मंगलबार पनि ओरालो यात्रालाई पछ्यादै दोहोरो अंकले घट्यो शेयर बजार, कारोबार रकममा पनि गिरावट


  • 3.8K
    Shares

    मंगलबार पनि ओरालो यात्रालाई पछ्यादै दोहोरो अंकले घट्यो शेयर बजार, कारोबार रकममा पनि गिरावट

    साताको तेस्रो कारोबारको दिन (मंगलबार) पनि शेयर बजार ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १४.२६ अंकले घटेर २६२७.५८ विन्दुमा झरेको छ । नेप्से ०.५६ प्रतिशतले घटेको हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि २.१५ अंकले घटेर ४७१.९३ विन्दुमा झरेको छ । 

    अन्तिम समयसम्म कारोबारमा आएका कूल २२५ वटा कम्पनीको ३८ लाख ९० हजार एक सय ३१ कित्ता शेयर खरिदबिक्री हुँदा एक अर्ब ७५ करोड ६ लाख २८ हजार एक सय ९९ रूपैयाँ बराबरको कारोबार भएको छ ।

    कारोबार भएका कूल १३ उपसमूहमध्ये आज होटल तथा पर्यटन समूहबोहक बाँकी सबै उपसमूहको शेयर घटेको छ । 

    मंगलबार शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ७ करोड ९१ लाख ९९ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

    राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड, नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेड र इमर्जिङ नेपाल लिमिटेडको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

    प्रकाशित मिति :चैत्र १५ २०७८ मंगलवार - १६:०६:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij