Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

आजबाट अर्को बैंकको एटिएम प्रयोग गर्दा शुल्क लाग्ने

आजबाट अर्को बैंकको एटिएम प्रयोग गर्दा शुल्क लाग्ने


  • 8.4K
    Shares

    आजबाट अर्को बैंकको एटिएम प्रयोग गर्दा शुल्क लाग्ने

    काठमाडौं । बैंक तथा वित्तीय संस्थाका ग्राहकले आज देखि अन्तर बैंक एटीएम कारोबार गर्दा शुल्क लाग्ने भएको छ ।

    नेपाल राष्ट्र बैंकले पुस २२ गते बुधबार निर्देशन जारी गर्दै अन्तर बैंक एटीएम कारोबार गर्दा शुल्क लाग्ने व्यवस्था गरेको हो । उक्त व्यवस्था अनुसार बैंकहरुले माघ १ गते देखि अन्तर बैंक एटीएम कारोबारमा शुल्क लिन पाउने भए हुन् ।

    कोरोना भाइरसका कारण ग्राहकको सहजीकरणका लागि निःशुल्क गरिएको अन्तर बैंक एटीएम कारोबारमा करिब १० महिना पछि पुनः लाग्ने व्यवस्था गरेको छ ।

    एक बैंक तथा वित्तीय संस्थाले जारी गरेका एटीएम कार्ड अन्य बैंक तथा वित्तीय संस्थाको एटीएम काउन्टरमा प्रयोग गर्दा मासिक २ वटा कारोबारमा शुल्क लाग्ने छैन । तर, मासिक २ कारोबार भन्दा धेरैमा प्रति कारोबार २० रुपैयाँका दरले तिर्नुपर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ ।

    प्रकाशित मिति :माघ १ २०७७ बिहिवार - १३:२०:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij