Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

राष्ट्र बैंकले गर्यो ५० अर्बको पुर्नकर्जा स्वीकृत

राष्ट्र बैंकले गर्यो ५० अर्बको पुर्नकर्जा स्वीकृत


  • 8.3K
    Shares

    राष्ट्र बैंकले गर्यो ५० अर्बको पुर्नकर्जा स्वीकृत

    काठमाडौं । नेपाल राष्ट्र बैंकले पुनरकर्जा कार्यविधि २०७७ अनुसार रु ५० अर्ब ७ करोड बराबरको पुनकर्जा स्वीकृति गरेको छ । राष्ट्र बैंकले चालु आवको पहिलो ५ महिना अर्थात् मंसिरसम्म सो बराबरको पुनरकर्जा स्वीकृति गरेको हो । 

    पुनरकर्जा कार्यविधि, २०७७ अनुसार राष्ट्र बैंकले तोकिएअनुसार बैंक तथा वित्तीय संस्थाहरुलाई एकमुष्ठ रुपमा पुनरकर्जा दिन सक्छ । त्योअनुसार नै राष्ट्र बैंकले सो बराबरको पुनरकर्जा स्वीकृति गरेको हो । ४० हजार ९८३ ऋणीलाई सो बराबरको पुनकर्जा स्वीकृति गरिएको हो । 

    त्यसैगरी, ग्राहक ऋणी अनुसार प्रदान गरिने पुनरकर्जा १५१ व्यावसायिक फर्महरुलाई रु २० अर्ब ७१ करोड स्वीकृत भएको नेपाल राष्ट्र बैंकको एक तथ्यांकले देखाएको छ ।

    यस्तै, राष्ट्र बैंकबाट सहुलियत दरमा प्रदान गरिने पुनरकर्जा रु २४ अर्ब ११ करोड लगानीमा रहेको तथ्यांकमा उल्लेख छ । 

    प्रकाशित मिति :माघ १ २०७७ बिहिवार - १२:४८:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij