२०८२ भाद्र ५ गते बिहिवार
शिक्षा तथा मानव स्रोत विकास केन्द्रकाे शिक्षक व्यवस्थापन समन्वय शाखाले सबै शिक्षा विकास तथा समन्वय इकाइलाई रिक्त दरबन्दीको विवरण पठाउन अनुराेध गरेको छ ।
शाखाले आइतबार पत्र पठाउँदै सात दिनभित्र शिक्षक सेवा आयाेगकाे विज्ञापनका लागि पठाइएकाे शिक्षक पदहरूकाे स्थानीय तहगत विवरण पठाउन अनुराेध गरेकाे हाे ।
प्रत्येक जिल्लाबाट पठाएको २०७८ चैत्र मसान्त सम्मको रिक्त दरबन्दी विवरण विज्ञापनको लागि आयोगमा पठाइसकिएको र सोही आधारमा आयोगले विज्ञापन गरेको हुँदा उक्त दरबन्दीमा केही समय पश्चात स्थायी शिक्षकहरुको पदस्थापना हुने भएकोले विवरण तत्काल पठाउन आज एक सूचना जारी गरी निर्देशन दिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij