२०८२ भाद्र ५ गते बिहिवार
शिक्षक सेवा आयोगले लिने सबै परीक्षामा अबदेखि सहभागी हुने परीक्षार्थीले दुई खालका परिचयपत्र बोक्नुपर्ने भएको छ । परीक्षार्थीले आयोगबाट वितरण हुने प्रवेशपत्रका साथ व्यक्तिगत परिचय खुल्ने अर्को परिचयपत्र पनि बोक्नुपर्ने भएको हो ।
परीक्षामा गलत उम्मेदवारले परीक्षा दिन सक्ने खतरालाई ध्यानमा राखेर आयोगले पहिलो पटक यस्तो व्यवस्था गर्न लागेको हो ।
आयोगले सञ्चालन गर्ने खुला तथा आन्तरिक प्रतियोगिता परीक्षामा यो नियम लागू हुनेछ । आयोगले माध्यमिक तहको परीक्षा यही चैत १५ गते, निम्न माध्यमिक तहको १७ गते, प्राथमिक तहको १९ गते र आन्तरिक बढुवातर्फको २१ गते परीक्षा सञ्चालन गर्दैछ ।
परीक्षाका उम्मेदवारले प्रवेश परीक्षाका साथमा परिचय खुल्ने नागरिकता शैक्षिक प्रमाणपत्र वा अध्यापन अनुमतिपत्र लिएर जानुपर्ने आयोगका सूचना अधिकारी मरहट्ठाले जानकारी दिनुभयो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij