Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

आज मकर संक्रान्ति, थारु समुदायले माघी पर्व मनाउँदै

आज मकर संक्रान्ति, थारु समुदायले माघी पर्व मनाउँदै


  • 12.5K
    Shares

    आज मकर संक्रान्ति,  थारु समुदायले माघी पर्व मनाउँदै
    images

    काठमाडौँ । आज माघे संक्रान्ति पर्व मुलुकभर घिउ, चाकु र तरुल लगायतका परिकार खाएर मनाइँदै छ । धार्मिक र अध्यात्मिक दृष्टिकोणले यो चाड हिन्दुहरुको लागि अति नै महत्व पूर्ण चाड हो ।

    भगिरथले माघे संक्रान्ति कै दिन गंगालाई पृथ्वीमा अवतरण गराई सागरमा मिलाएका थिए, त्यसैले माघे संक्रान्तिका दिन प्रयाग र गङ्गासागरमा गरिने स्नानलाई महास्नान भनिन्छ। मकर संक्रान्ति पनि भनिने यो पर्वमा नेपाल भरका विभिन्न पवित्र नदी, तलाउ तथा त्रिवेणीमा स्नान गरी मन्दिरमा पूजाआजाका साथै घिउ, चाकु, तिलको लड्डु र तरूल खाई मनाइन्छ ।

    यस पर्वमा देवघाट, बराहक्षेत्र, रिडी, पनौती, दोलालघाट, कन्काई लगायतका नदी र घाटमा स्नान, दान, श्राद्ध आदि गर्नेको ठूलो भिड लाग्छ भने संखुवासभाको बरुण धाम, मनकामना धाम, गुप्तेृश्वर गुफा, सभापोखरी तथा कार्तिके घाटमा स्नान गर्नेको घुइचो लाग्ने गर्दछ।

    माघे संक्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण हुन्छ । यो दिन देखि सूर्य दक्षिणी गोलार्धबाट उत्तरी गोलार्द तर्फ प्रवेश गर्ने भएकोले दिन लामो र रात छोटो हुँदै जान्छ ।

    थारु समुदायको माघी पर्व

    थारु समुदायले माघ १ मा नयाँ वर्षका रुपमा धुमधामका साथ माघी मनाउँदैछन्।  माघ १ गतदेखि पाँच दिनसम्म धुमधामका साथ माघी मनाइन्छ।

    तिलले स्नान गर्नु, तिलको तेल घस्नु, पितृलाई तिलयुक्त जल दिनु, तिल हवन गर्नु, तिल दान गर्नु र तिल खानु गरी जम्मा छ प्रकारले तिलको प्रयोग यस दिन जसले गर्छ त्यो असफल हुँदैन भन्ने विश्वास थारु समुदायमा छ।

    प्रकाशित मिति :माघ १ २०७७ बिहिवार - ११:२३:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij