२०८२ भाद्र ५ गते बिहिवार
शिक्षा विकास तथा समन्वय इकाई रौतहटले ६ दिनसम्म विद्यालय बन्दका लागि आग्रह गरेको छ। शिक्षकहरु शिक्षक सेवा आयोगको परीक्षमा सहभागि हुने भएपछि जिल्लाभित्रका सबै स्थानीय तहहरुलाई पत्र लेखेर ६ दिनसम्म विद्यालय बन्द गर्न आग्रह गरेको हो।
शिक्षक पेशागत संगठनका अध्यक्षहरुको सिफारिशका आधारमा चैत १३ गतेदेखि १८ गते सम्मका लागि विद्यालयमा स्थानीय विदा गर्न सबै पालिकाका प्रमुखहरुलाई अनुरोध गर्दे परीपत्र जारी गरेको छ।
पत्रमा भनिएको छ “सेवा आयोगबाट माध्यामिक, निम्न माध्यामिक र प्राथमिक तहका शिक्षकहरुको खुला तथा बढुवा सम्बन्धी प्रतियोगात्मक परीक्षामा स्थायी करार तथा राहत शिक्षकहरु परीक्षार्थी हुने भएकाले चैत १३ गतेदेखि १८ गते सम्मका बर्षे विदामा कट्टा हुने गरी ६ दिन विद्यालयमा स्थानीय विदा गरिदिनु हुन सिफारिश साथ अनुरोध छ।”
गौर, राजदेवी, देवाही, गोनाही, गरुडा, गढीमाई, माधव नारायण,वृन्दा वन, चन्द्रपुर,गजुरा, फतुवा विजयपुर,मौलापुर, बौधीमाई, पर्रोहा, रमजपुर र इशनाथ नगरपालिका तथा दुर्गा भगवती, यमुनामाई गाउँपालिकाका प्रमुखलाई विद्यालय बन्द गर्न अनरोध गरेको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij