२०८२ माघ ९ गते शुक्रवार
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) दिने परीक्षार्थीहरूलाई उमेरहद नलाग्ने जनाएको छ ।
यहि चैत २ गते मन्त्रिस्तरीय निर्णयगरी उमेरहद नलाग्ने व्यवस्था गर्न शिक्षा मन्त्रालयले राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएको हो ।यसअघि एसईई परीक्षा दिन १४ वर्ष उमेर पूरा भएको हुनुपर्ने प्रावधान रहेको थियो ।
शिक्षा ऐन २०२८ को दफा २ को खण्ड (घ) र (छ), शिक्षा नियमावली २०५९ को नियम ७८ को उपनियम ६ र नियम ८२ ले गरेको व्यवस्थाका आधारमा पछि नयाँ मापदण्ड बनेपश्चात सोही बमोजिम हुने गरी शैक्षिकसत्र २०७८ को एसईईमा १४ वर्ष उमेर थ्रेसहोल्ड कायम नगर्ने गरी कार्यान्वयन गर्न शिक्षा ऐन २०२८ को दफा ४ (ज) को उपदफा १ बमोजिम बोर्डलाई निर्देशन दिने भनि २०७८/१२/२ मा मन्त्रिस्तरबाट निर्णय भएकाले निर्णयअनुसार अनुरोध गरिन्छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij