२०८२ भाद्र ५ गते बिहिवार
काठमाडौं । विभाजित नेकपाका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले खकार, रगत र डीएनए परीक्षण गरेर मात्रै सदस्यता, जिम्मेवारी प्रदान गर्ने आरोप लगाएका छन् ।
काठमाडौंको पार्टी जिल्ला कमिटीले आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले ओलीले पार्टीका हरेक कमिटीमा आफूनिकट मानिसहरू, आफ्ना ब्रान्ड भर्ती गरेको र कालान्तरमा तिनीहरू हनुमानमा परिणत भएको बताए ।
‘उहाँ खेलाडी पनि हुनुहुन्छ, चतुर त नभनौँ, उहाँ खेलाएर मान्छेलाई तह लगाउन सक्छु भन्ने ठान्नुहुन्छ’, उनले भने, ‘अहिले हेर्नुहोस् त डम्मरु बजाउँदै टिकट बाँड्दै, केन्द्रीय सदस्य बन्न आउन भनेर टिकट बाँडिरहनुभएको छ ।’
उनले अहिले नेकपाको कार्यभार प्रधानमन्त्री ओलीको प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक कदमको सशक्त विरोध गर्नु नै रहेको र त्यसलाई सच्याउनु रहेको बताएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij