२०८२ भाद्र ५ गते बिहिवार
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आर्थिक प्रशासन शाखाले कर्मचारीको अपुग तलब थपघट गर्ने अधिकार सम्बन्धित लेखा उत्तरदायि अधिकृतबाट मन्त्रालय बजेट सूचना प्रणालीमा संशोधन गर्ने व्यवस्था मिलाइएको जनाएको छ ।
सो शाखाले मंगलबार सुचना जारी गर्दै अपुग तलब व्यवस्थापन सम्बन्धमा अर्थमन्त्रालयको पत्रअनुसार तलब रकम अपुग भएमा सोको व्यवस्थापनको लागि विनियोजन ऐन, २०७८ को दफा ८ (७) को व्यवस्था कार्यान्वयन गरी अनिवार्य दायित्वअन्तर्गत रकम थपघट गर्ने अधिकार लेखा अधिकृतलाई दिएको हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij