२०८२ भाद्र २१ गते शनिवार
६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एकजना युवालाई पक्राउ गरेको छ ।
नुवाकोटको किस्पाङ गाउँपालिका घर भई हाल गोसाइकुण्ड गाउँपालिकामा बस्दै आएका २२ वर्षीय यमप्रासद भट्टराईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायब उपरीक्षक इन्द्र सुवेदीले बताए ।
भट्टराईले ती बालिकालाई गत पुस १८ आफ्नो कोठामा लगेर जबरजस्ती करणी गरेको पीडित परिवारले जनाएको छ । पीडित परिवारले पुस २५ गते मात्र प्रहरीमा उजुरी दिएका थिए ।
पक्राउ परेका ती युवालाई करणी सम्बन्धी कसुर मुद्दा दर्ता गरी जिल्ला अदालतबाट ३ दिनको म्याद थप गरी घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको डीएसपी सुवेदीले बताए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij