Logo

२०८२ भाद्र २१ गते शनिवार

२०८२ भाद्र २१ गते शनिवार

जुत्ताचप्पल गोदाममा आगलागी, ७० लाख बढीको क्षति

जुत्ताचप्पल गोदाममा आगलागी, ७० लाख बढीको क्षति


  • 323
    Shares

    जुत्ताचप्पल गोदाममा आगलागी, ७० लाख बढीको क्षति
    images

    कैलाली । कैलालीको लम्कीस्थित जुत्ताचप्पल गोदाममा आगलागी हुँदा ७० लाख रुपैयाँ बढीको क्षति भएको प्रहरीले जनाएको छ ।

    लम्कीचुहा नगरपालिका–१ लम्कीस्थित टीकापुर रोडमा रहेको कल्पना ट्रेडर्स एण्ड सप्लायर्समा गएराति एक्कासि आगलागी भएको जनाइएको छ ।

    आगलागी भएलगत्तै लम्कीचुहा नगरपालिकाको दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक लोकेन्द्रबहादुर सिंहले बताए ।

    लम्की निवासी कल्पना जैशीले सञ्चालन गर्दै आएको गोदाममा चप्पल र जुत्ता रहेका थिए । आगलागीबाट गोदाममा रहेका सम्पूर्ण सामान जलेर नष्ट भए पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

    गोदाममा कोही बस्ने नभएकाले आगलागी कसरी भएको हो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति :भाद्र २१ २०८२ शनिवार - १२:०८:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij