२०८२ माघ ८ गते बिहिवार
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी सदस्य कर्णबहादुर थापालाई फरक मत प्रस्तुत गर्न रोकेका छन्।
विधान महाधिवेशनको दोस्रो दिनको बैठक सुरु भएपछि थापा ३२ पृष्ठको फरक मत प्रस्तुत गर्न उठेका थिए। तर, उनलाई ओलीले रोकेका हुन्।
ओलीले ‘अहिले हामीसँग समय छैन, ग्रुप डिस्कसनमा जाऊँ’ भन्दै थापालाई फरक मत प्रस्तुत गर्न नदिएका हुन्। त्यसपछि थापाले आफ्नो फरक मतका प्रति प्रतिनिधिलाई वितरण गरेका छन्।
‘उहाँले समूह-समूहमा फरक मत बाँड्नुभयो तर, प्रस्तुत गर्न अध्यक्षले दिनुभएन’, एक नेताले भने, 'अहिले समय छैन, यदि बेलुका भयो वा भोलिसम्म भयो भने गरौंला । तपाईं, हाम्रो कुरा पनि खासै फरक छैन। त्यस्तो नयाँ कुरा पनि केही देखिएन, त्यही भएर यसलाई पछि छलफल गरौँला। अहिलेलाई ग्रुप डिस्कसनमा जाऊँ। समय हामीसँग छैन। त्यति भनेर ओलीले नौ ग्रुप घोषणा गरेर प्रतिवेदनमाथि छलफल गर्न पठाए।’
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij