२०८२ मंसिर ६ गते शनिवार
काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडको आईपीओमा आज (चैत ८ गते) मंगलबारदेखि आवेदन दिन सकिने छ ।
कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका ३१ लाख २५ हजार कित्ता आईपीओ निष्कासन गरेको हो। निष्कासन गरिएको कुल शेयरमध्ये ३ प्रतिशत अर्थात ९३ हजार ७५० कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात १ लाख ५६ हजार २५० कित्ता सामूहिक लगानी कोषहरुका लागि बाँडफाँट गरिनेछ। सर्वसाधारणले बाँकी २८ लाख ७५ हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।
निष्कासन बन्द छिटोमा चैत ११ गते हुनेछ भने ढिलोमा चैत २२ गते हुनेछ। आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ।
कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ। लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।
ग्रीन भेन्चर्स लिमिटेड, कम्पनी ऐन २०६३ बमोजिम २०६१ मंसिर २२ गते कम्पनी रजिष्ट्रारको कार्यलयमा प्राइभेट लिमिटेड कम्पनीको रुपमा दर्ता भई कारोबार सञ्चालन गर्दै आएको थियो।
२०७५ फागुन १३ गतेदेखि कम्पनी ऐन अनुसार पब्लिक लिमिटेड कम्पनीमा परिणत कारोबार सञ्चालन गर्दै आईरहेको छ।
कम्पनीले आर्थिक वर्ष २०८०/८१ सम्ममा सञ्चित नाफा ३२ करोड ९ लाख ६० हजार रुपैयाँ पुर्याउने प्रक्षेपण गरेको छ। गत आर्थिक वर्ष २०७७/७८ को अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनी ९७ लाख ९९ हजार रुपैयाँ नोक्सानीमा रहेको थियो।
यस्तै, चालु आर्थिक वर्ष २०७८/७९ को पुससम्ममा कम्पनीले ५ करोड २ लाख रुपैयाँ नाफा आर्जन गर्ने कम्पनीले जनाएको छ।
आर्थिक वर्ष २०७८/७९ मा भने कम्पनीले १० करोड ३३ लाख ९१ हजार रुपैयाँ खुद नाफा आर्जन हुने कम्पनीको प्रक्षेपण छ।
आर्थिक वर्ष २०८०/८१ सम्ममा प्रतिशेयर नेटवर्थ १२१ रुपैयाँ ६३ पैसा र प्रतिशेयर आम्दानी १० रुपैयाँ २७ पैसा पुग्ने कम्पनीले प्रक्षेपण गरेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ९१ रुपैयाँ ८६ पैसा रहेको थियो भने प्रतिशेयर आम्दानी ४२ पैसा नोक्सानीमा रहेको थियो।
आयोजनाको कुल अनुमानित लागत १२ अर्ब ८ करोड २८ लाख रुपैयाँ र प्रति मेगावाट लागत २३ करोड ५ लाख रुपैयाँ लाग्ने कम्पनीले प्रक्षेपण गरेको छ।
साधारण तर्फ लगानी फिर्ता हुने अवधि ७.९१ वर्ष रहेको छ भने डिष्काउन्टेड लगानी फिर्ता हुने अवधि ११.५७ वर्ष रहेको छ।
हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ५० करोड ५० लाख रुपैयाँ रहेको छ। स्थानिय बासिन्दा तथा सर्वसाधारणलाई ६२ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ बिक्री गरेपश्चात कम्पनीको चुक्ता पूँजी ३ अर्ब १२ करोड रुपैयाँ पुग्नेछ।
कम्पनीको अधिकृत पूँजी पाँच अर्ब रुपैयाँ रहेको छ भने जारी पूँजी ३ अर्ब १२ करोड ५० लाख रुपैयाँ रहेको छ।
आईपीओ निष्कासनपछि कम्पनी शेयर स्वामित्व संस्थापक ८० प्रतिशत र सर्वसाधारणको २० प्रतिशत शेयर स्वामित्व कायम हुनेछ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij