२०८२ माघ ११ गते आइतवार
नेप्सेमा एक वाणिज्य बैंकसहित साढे ८५ लाख कित्ता शेयर सूचीकृत भएको छ। सोमबार नेप्सेमा एक वाणिज्य बैंक सहित एक लघुवित्त, एक जीवन बीमा र एक वित्त संस्थाको शेयर सूचीकृत भएको हो।
यी संस्थाहरुको कुल ८५ लाख ४९ हजार ९६६.८३ कित्ता बोनस सेयर सूचीकृत भएको छ। उक्त बोनस सेयर गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई वितरण भएको हो।
नेप्सेले सोमबार नेपाल एसबिआई बैंक, प्राइम लाइफ इन्स्योरेन्स, पोखरा फाइनान्स र वोमी लघुवीत्तको बोनस शेयर सूचीकृत गरेको हो।
आर्थिक वर्ष २०७७/७८ का लागि नेपाल एसबिआई बैंकले कायम चुक्ता पुँजीको ३.५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।प्राइम लाइफ इन्स्योरेन्सले १५ प्रतिशत बोनस सेयर वितरण गर्दा वोमी लघुवित्तले गत आर्थिक वर्षका लागि २० प्रतिशत र पोखरा फाइनान्सले ८.०७% बोनस वितरण गरेको हो।
नेप्सेमा नेपाल एसबिआई बैंकको अहिले बोनस सेयर बापतको ३३ लाख २२ हजार ७५२.२६ कित्ता थप हुँदा प्राइम लाइफ इन्स्योरेन्सको ३६ लाख २५ हजार ५८५.५४ कित्ता शेयर सूचीकृत भएको छ। यसैगरी, वोमी लघुवित्तको ८ लाख २३ हजार ८८८.८ कित्ता शेयर थपिँदा पोखरा फाइनान्सको ७ लाख ७७ हजार ७४०.२३ कित्ता शेयर थपिएको हो।
सोमबार सूचीकृत भएका यी शेयरहरुको दोस्रो बजारमा कारोबार भने शेयरधनीहरुको डिम्याट खातामा आए पश्चात मात्र गर्न सकिनेछ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij