Logo

२०८२ माघ ११ गते आइतवार

२०८२ माघ ११ गते आइतवार

नेप्सेमा सूचीकृत कम्पनीलाई चार समूहमा वर्गीकरण, कुन कम्पनी कुन वर्गमा परे ? (तालिकासहित)

नेप्सेमा सूचीकृत कम्पनीलाई चार समूहमा वर्गीकरण, कुन कम्पनी कुन वर्गमा परे ? (तालिकासहित)


  • 4.4K
    Shares

    नेप्सेमा सूचीकृत कम्पनीलाई चार समूहमा वर्गीकरण, कुन कम्पनी कुन वर्गमा परे ? (तालिकासहित)

    नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सूचीकृत कम्पनीहरुको वर्गीकरण गरेको छ। नेप्सेले ‘ए’, ‘बी’, ‘जी’ र ‘जेड’ गरी ४ समूहमा सूचीकृत गरेको छ। नेप्सेले गरेको वर्गीकरणअनुसार समूह ‘ए’ मा २५ वटा वाणिज्य बैंकसहित ३९ वटा कम्पनी परेका छन्। समूह ‘ए’ मा ४ वटा विकास बैंक, २ वटा फाइनान्स कम्पनी, ३ वटा हाइड्रोपावर कम्पनी र एउटा उत्पादन तथा प्रशोधन कम्पनी परेका छन्।

    यस्तै, समूह ‘बी’ ९ वटा कम्पनी परेका छन्। जसमा २ वटा फाइनान्स कम्पनी, ४ वटा लघुवित्त संस्था,२ वटा हाइड्रोपावर कम्पनी र एउटा लगानी कम्पनी परेका छन्। 

    समूह ‘जी’ मा ३६ वटा कम्पनी परेका छन्। जसमा ८ वटा लघुवित्त संस्था, ५ वटा जीवन बीमा कम्पनी, ३ वटा निर्जीवन बीमा कम्पनी, १४ वटा जलविद्युत कम्पनी, ४ वटा लगानी कम्पनी तथा अन्य होटेल तथा पर्यटन समूहका एक÷एकवटा कम्पनी परेका छन्।

    नेप्सेले समूह ‘जेड’ मा भने एउटा वाणिज्य बैंकसहित १४८ वटा कम्पनीलाई राखेको छ। समूह ‘जेड’मा एउटा वाणिज्य बैंक, १२ वटा विकास बैंक, १६ वटा फाइनान्स कम्पनी, ४० वटा लघुवित्त संस्था, ७ वटा जीवन बीमा कम्पनी, १५ वटा निर्जीवन बीमा कम्पनी, २८ वटा जलविद्युत कम्पनी, ४ वटा व्यापार समूहका कम्पनी, १८ वटा उत्पादन तथा प्रशोधन समूहका कम्पनी, होटेल तथा पर्यटन समूहका ४ वटा कम्पनी, अन्य समूहका २ वटा कम्पनी र लगानी समूहको एउटा कम्पनी रहेका छन्।

    नेप्सेले गत माघ ८ गदेखि फागुन २३ गतेसम्म सूचीकृत कम्पनीहरुसँग वर्गीकरण गर्नका लागि आवश्यक विवरणहरु माग गरेको थियो। प्राप्ति विवरणका आधारमा कम्पनीहरुको वर्गीकरण गरिएको नेप्सेले जनाएको छ।

    उक्त वर्गीकरणमा परेका संगठित संस्थाहरुले उल्लेखित समूहमा पर्नु वा नपर्नुको कारणसहित ३५ दिनभित्र दाबीसहितको आवेदन दिन पनि नेप्सेले आग्रह गरेको छ। 

    प्रकाशित मिति :चैत्र ६ २०७८ आइतवार - १६:३७:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij