Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

परीक्षाको लागि केन्द्रले विद्यालयलाई जारी गर्यो यस्तो निर्देशन

परीक्षाको लागि केन्द्रले विद्यालयलाई जारी गर्यो यस्तो निर्देशन


  • 13.1K
    Shares

    परीक्षाको लागि केन्द्रले विद्यालयलाई जारी गर्यो यस्तो निर्देशन
    images

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत शिक्षा तथा मानवस्रोत विकास केन्द्रले विद्यालयले लिने कक्षा १० सम्मको सबै परीक्षाहरु २०७९ वैशाखमा मात्र सञ्चालन गर्न र वैशाखभित्र नै नतिजा प्रकाशन गर्न निर्देशन दिएको छ ।

    मंगलबार जारी गरिएको सूचनाका अनुसार शैक्षिक सत्र २००७८ मा ओमिक्रोन (कोभिड १९) संक्रमणका कारण विद्यालयको दैनिक सिकाइ क्रियाकलापमा असर परेकोले शैक्षिक सत्र २०७८ को पठनपाठन, परीक्षा तथा २०७९ को नयाँ भर्नाको समयमा परिवर्तन भएको हो ।

    केन्द्रले विद्यार्थीको पठनपाठनमा अधिकतम समय र प्राथमिकता दिन आवश्यक भएकाले शैक्षिक सत्र २०७८ को चैत मसान्तसम्मको पूरै अवधि विद्यालयले नियमित रुपमा पठनपाठन सञ्चालन गर्न निर्देशन दिएको छ ।

    यसका साथै, एसईई परीषा वैशाख ९ बाट सुरु हुने भएकाले स्थानीय तहले कक्षा ८ को परीक्षा पनि वैशाखमा नै अनुकुल समयमा सञ्चालन गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ ।

    साथै, विद्यालयहरुले नयाँ शैक्षिक सत्र पनि वैशाखमा नै सुरु गर्नुपर्ने उल्लेख गरिएको छ । भने, जेठ १ गतेबाट पठनपाठन पनि सुरु गर्नुपर्नेछ ।

    275711007_1096639530879591_3109140012678690483_n_TcTcOJlrJF.jpg

    प्रकाशित मिति :चैत्र ६ २०७८ आइतवार - १६:०१:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij