२०८२ फाल्गुण २७ गते बुधवार
शिक्षा, बिज्ञान तथा प्रबिधि मन्त्रालय, शिक्षा तथा मानव श्रोत बिकास केन्द्रले बिपन्न लक्षित छात्रवृत्तिको लागि PTM भर्ने भराउने सम्बन्धमा अत्यन्तै जरुरी सूचना प्रकाशित गरेको छ।
केन्द्रले आ.व. २०७८/७९ मा सामुदायिक बिद्यालयका माद्यामिक तह (९-१२) सम्म अध्यानरत विद्यार्थीलाई छात्रवृत्ति दिने प्रायोजनका लागि कक्षा ८ र १० का विद्यार्थीलाई छात्रवृत्ति फारम भर्न भराउन सूचना प्रकाशित गरेको हो।
कक्षा ८ र १० का विद्यार्थीहरुले PTM (Proxy Means Testing) फारम भर्न सम्बन्धित बिद्यालयहरुले मिति २०७८ फागुन १ को गोरखापत्रको सुचना अनुसार फारम भर्न बाँकी विद्यार्थी तथा बिद्यालयहरुलाइ केन्द्रले जारी गरेको सुचना बमोजिम फारम भर्न अनुरोध गरेको छ।
फारम भर्न केन्द्रको वेबसाईट www.cehrd.gv.np वा https://iemis.cehrd.gov.np लगइन गरि PTM टेम्प्लेटमा फारम Download गर्ने र बिपन्न लक्षित छात्रवृत्ति कार्यन्वयन मापदण्ड २०७८ को प्रक्रिया पुर्याइ भर्न सकिने हनाएको छ।
PTM फारम चैत्र १ देखि चैत्र ३० गते भित्र अपलोड गर्नुपर्ने छ। निर्धारित मिति भन्दा माथी फारम भरेको मान्य नहुने समेत जनाएको छ।
सूचना:

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij