Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

निजामती कर्मचारीका छोराछोरीलाई पढाई खर्च दिने, यस्तो छ सरकारले जारी गरेको निर्देशिका!

निजामती कर्मचारीका छोराछोरीलाई पढाई खर्च दिने, यस्तो छ सरकारले जारी गरेको निर्देशिका!


  • 4.7K
    Shares

    निजामती कर्मचारीका छोराछोरीलाई पढाई खर्च दिने, यस्तो छ सरकारले जारी गरेको निर्देशिका!
    images

    सरकारले निजामती कर्मचारीका छोराछोरीलाई पाँच लाखसम्म पढाइ खर्च दिने भएको छ ।  शैक्षिक योग्यताको आधारमा कर्मचारीका सन्ततिलाई २० लाख रुपैयाँसम्म लाग्ने शिक्षण शुल्कमा ५ लाखसम्म शैक्षिक प्रोत्साहन वृत्ति शीर्षकमा खर्च दिने गरी नीति बनाइएको छ ।

    बुधबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ‘निजामती कर्मचारीका सन्ततिलाई शैक्षिक प्रोत्साहन वृत्ति उपलव्ध गराउने सम्बन्धी निर्देशिका,२०७८’ जारी गरेको छ ।

    निर्देशिका अनुसार बहाल रहेका स्थायी कर्मचारीका छोरा वा छोरी र हाल सार्वजनिक संस्थानमा नियुक्त भएका पूर्व निजामती कर्मचारीका छोराछोरीले शैक्षिक प्रोत्साहन वृत्ति पाउनेछन् ।

    स्वदेशी विश्वविद्यालयका आंगिक वा सम्बन्धन प्राप्त स्वदेशी शिक्षण संस्थाको स्नातक तहको प्रथम वर्ष अध्ययनरत निजामती कर्मचारीका सन्ततिले उक्त शैक्षिक प्रोत्साहन वृत्ति पाउने निर्देशिकामा उल्लेख छ ।

    २० लाखसम्मको शैक्षिक खर्च लाग्नेमा सरकारले ५ लाख प्रोत्साहन वृत्ति, १५ लाख देखि २० लाखसम्म खर्च लाग्नेमा ४ लाख, १० देखि १५ लाखसम्ममा ३ लाख, ५ देखि १० लाखसम्मलाई २ लाख खर्च र १ देखि ५ लाखसम्म १ लाख रुपैयाँ तथा १ लाखभन्दा कम खर्च शिक्षण शुल्कको आधारमा प्रोत्साहन स्वरुप रकम दिने निर्देशिकामा उल्लेख रहेको छ ।

    शैक्षिक प्रोत्साहन वृत्तिको लागि निजामती सेवाको संघीय कानुनमा भएको समावेशी प्रतिशतकै आधारमा कोटा निर्माण हुने सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयको अनुसार शैक्षिक प्रोत्साहन वृत्ति व्यवस्थापन गन सामान्य प्रशासन मन्त्रालयको सचिवको अध्यक्षतामा ७ सदस्यीय समिति समेत गठन हुनेछ ।

    उक्त शैक्षिक प्रोत्साहन वृत्ति पाएका कर्मचारीका सन्ततिलाई सामान्य प्रशासन मन्त्रालयले आवश्यक ठानेको स्थानमा एक वर्षसम्म खटाउन सक्नेछ ।

    अध्ययन गरेको विषयसँग सम्बन्धित कार्यालय वा निकायमा खटाइएको समान तह र श्रेणीका कर्मचारीले पाएको बराबर सुविधा हुने निर्देशिकामा उल्लेख छ ।

    हेर्नुहोस् निर्देशिका

    प्रकाशित मिति :चैत्र ४ २०७८ शुक्रवार - १२:२१:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij