Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

शिक्षक लाइसेन्सबारे आयोगले जारी गर्‍यो यस्तो सूचना, सूचनामा के भनिएको छ ?

शिक्षक लाइसेन्सबारे आयोगले जारी गर्‍यो यस्तो सूचना, सूचनामा के भनिएको छ ?


  • 8.2K
    Shares

    शिक्षक लाइसेन्सबारे आयोगले जारी गर्‍यो यस्तो सूचना, सूचनामा के भनिएको छ ?
    images

    काठमाडौं । शिक्षण अनुमति पत्र (लाइसेन्स) को परीक्षामा अबदेखि बस्तुगत प्रश्न मात्रै सोधिने भएको छ ।

    यसअघि ४० प्रतिशत बस्तुगत र ६० प्रतिशत विषयगत प्रश्न सोधिने गरिएकोमा पाठ्यक्रम परिवर्तन गर्ने निर्णय भएको छ । यो निर्णय यही चैत २ गतेदेखि नै यो लागु भएको शिक्षक सेवा आयोगले जनाएको छ ।

    शिक्षक सेवा आयोगको फागुन २ मा बसेको बैठकले शिक्षण अनुमति पत्र (लाइसेन्स) परीक्षामा बस्तुगत प्रश्न मात्रै सोध्ने गरी पाठ्यक्रम परिवर्तन गर्ने निर्णय गरेको थियो ।

    माध्यामिक र निम्नमाध्यामिक तहको शिक्षण अनुमति पत्र प्राप्त गर्ने परीक्षाका हकमा पाठ्यक्रम परिवर्तन गरिएका हुन्।

    अबदेखि प्रतिप्रश्न दुई अंकको दरले ५० वटा वस्तुगत प्रश्न सोधिने छ । यसअनुसार परीक्षा १०० पूर्णाङ्कको हुने छ । पास हुन ५० नम्बर ल्याउनुपर्छ ।

    प्रकाशित मिति :चैत्र ४ २०७८ शुक्रवार - ११:१४:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij