Logo

२०८२ माघ ११ गते आइतवार

२०८२ माघ ११ गते आइतवार

के–हो क्रिप्टोकरेन्सी? कानुनमा कस्तो छ व्यवस्था ?

के–हो क्रिप्टोकरेन्सी? कानुनमा कस्तो छ व्यवस्था ?


  • 3.6K
    Shares

    के–हो क्रिप्टोकरेन्सी? कानुनमा कस्तो  छ व्यवस्था ?

    पछिल्लो समय नेपालीहरु पनि क्रिप्टोकरेन्सीको कारोबारमा सलग्न रहेका पाइएको छ । नेपाल प्रहरीले यस्तो कार्यमा सलग्न व्यक्तिहरुलाई धमाधम कारवाही गरिरहेकोले पनि यस कार्यमा धेरै नेपालीहरु सलग्न रहेको अनुमान लगाउन सकिन्छ।

    नेपाल राष्ट्र बैंकले समेत नेपालीमा रहेको नेपाली वा विदेशी तथा विदेशमा रहेका नेपालीले यस्तो कार्यमा सलग्न भएको खण्डमा नेपालको कानुन बमोजिम कारवाही हुने कुरा लाई बेला–बखतमा विज्ञप्ती मार्फत क्रिप्टोकरेन्सीमा नलाग्न भनिरहेको छ। तर पनि पछिल्लो समयमा यस कार्यमा लागेकाहरुलाई प्रहरीले कारवाही गरिरहेकोले पनि नेपालमा यस्तो गैर–कानुनी कार्यमा लागेको पाईन्छ। साथै, दुरसञ्चार प्राधिकरणले समेत क्रिप्टोकरेन्सी सम्बन्धी वेवसाइडहरु बन्द गर्नको लागि सम्बन्धीत निकायलाई पत्रचार समेत गरिसकेको छ। 

    के–हो क्रिप्टोकरेन्सी ?
    सरल भाषामा भन्दा क्रिप्टोकरेन्सी एक अभौतिक मुद्रा हो। यसको विकास २००८ मा भएको थियो भने क्रिप्टोको पहिलो मुद्राको नाम विटक्वाइन हो। हाल विटक्वाइन जस्ता मुद्रा विश्वभर करिब दश हजार भन्दा बढी रहेको तथ्याङ्कमा उल्लेख छ।

    क्रिप्टोकरेन्सीको अस्तित्व अनलाइनमा मात्र सिमित रहन्छ। भौतिक रुपमा देख्न र छुन मात्र नभएर यसलाई नियन्त्रण गर्ने कुनै निकायहरु हुदैनन् । त्यसैले पनि यो नेपालमा गैर–कानुनी मानिएको हो । साथै पछिल्लो समय क्रिप्टोबाट ठगिनेको संख्या पनि विश्वमा अचाक्ली बढीरहेको समेत भएकोले पनि यस क्रिप्टोमा लगनी नगर्न नेपाल राष्ट्र बैंकले विज्ञप्ति मार्फत जानकारी गरिरहेको भएपनि क्रिप्टोमा लगानी गर्नेको संख्यामा बने कमी आएको पाईदैन।

    कुनै पनि देशको मुद्राको रेखदेख सम्बधित देशको केन्द्रिय बैकले गर्दछ। नेपालमा पनि नेपाली रुपैंयाको नियन्त्रण नेपाल राष्ट्र बैंकले गर्दछ। तर क्रिप्टोकरेन्सीलाई भने कुनै पनि बैंकहरुले नियन्त्रण गदैन । त्यसैले पनि नेपालमा क्रिप्टोसम्बन्धी कारोबारलाई गैर–कानुनी मानिएको हो । 

    नेपालको कानुनमा कस्तो व्यवस्था छ ?
    नेपाली कानुन बमोजिम विदेशी विनिमय ऐन, २०१९ ले विदेशी विनिमय कारोबार गर्न चाहने व्यक्ति, फर्म, कम्पनी वा संस्थाले नेपाल राष्ट्र बैकबाट इजाजतपत्र लिनुपर्ने उल्लेख गरेको छ।

    इजाजतप्राप्त व्यक्तिले बैंकको आदेश पालना नगरे उसलाई नसिहत दिन, कारोबारमा प्रतिबन्ध लगाउन, धरौटी वा जमानत जफत गर्न र इजाजतपत्र रद्द गर्न सकिने व्यवस्था कानुनमा उल्लेख गरिएको छ । प्रक्रिया नपुर्याईकन मालसामान पैठारी र निकासी गर्नेहरुलाई पनि कारेबाहीको व्यवस्था गरिएको छ।

     

    प्रकाशित मिति :चैत्र २ २०७८ बुधवार - १६:५८:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij