Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

दुवै नेकपाका नेता पत्रसहित निर्वाचन आयोग पुगे, यसरी हुँदैछ आधिकारिकताको छिनोफानो 

दुवै नेकपाका नेता पत्रसहित निर्वाचन आयोग पुगे, यसरी हुँदैछ आधिकारिकताको छिनोफानो 


  • 7.1K
    Shares

    दुवै नेकपाका नेता पत्रसहित निर्वाचन आयोग पुगे, यसरी हुँदैछ आधिकारिकताको छिनोफानो 

    काठमाडौँ । निर्वाचन आयोगको आग्रह अनुसार सत्तारुढ नेकपाका दुवै पक्षले बुधबार आफू आधिकारिक भएको दाबी प्रस्तुत गर्नका लागि स्पष्ट कागजातसहित जवाफ पत्र पेश गर्दै छन् ।

    आयोगले पछिल्लो पटक दिएको सात दिनको समयावधिको अन्तिम दिन बुधबार नेकपाका प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्षका प्रतिनिधिहरु आयोग पुगेका छन् ।

    ओली पक्षका तर्फबाट महासचिव विष्णु पौडेल, नेता सुवास नेम्वाङलगायत आयोग जाने तयारी छ। ओली पक्षका केन्द्रीय सदस्य खिमलाल भट्टराईले बुधबार अन्तिम दिन भएकाले आफूहरुको तर्फबाट सिनियर नेताहरु पत्रसहित आयोग पुगेको  जानकारी दिए।

    यता दाहाल–नेपाल पक्षका तर्फबाट नेता लिलामनी पोखरेलेको नेतृत्वको टोली आयोग जाँदैछ। तर यो पक्षले आफ्नो आधिकारिकताका लागि यसअघि नै आवश्यक कागजात पेश गरिसकेको र अब थप कुनै नयाँ कागजात बुझाइरहन आवश्यक नपर्ने स्पष्टताका साथ आयोगलाई जवाफपत्र तयार पारेको नेता पोखरेलले बताए ।

    उनले भने, ‘हामी आधिकारिक हौँ भन्नका लागि हामीसँग यथेष्ठ प्रमाणहरु थिए । जुन, हामीले आयोगलाई बुझाइसकेका थियौँ। अब केही बुझाइरन आवश्यक नभएको व्यहोराको पत्र तयार पार्दैैछौँ। त्यो हामीले आयोगलाई बुझाउने छौँ।’

    आयोगले यही पुस २३ गते आधिकारिकताका लागि स्पष्ट कागजात नआएको भन्दै सुधारसहितको कागजात र पत्र एकसाताभित्र बुझाउन दुवै पक्षलाई एउटै व्यहोराको पत्र पठाएको थियो ।

    आयोगलाई बुधबार दुवै पक्षबाट पत्र हस्तान्तरण गरिसकेपछि आयोगका पदाधिकारीहरुसँग छलफल पनि चल्नेछ। यसैबीच आयोगको कानुन तथा राजनीतिक दलसम्बन्धी महाशाखा प्रमुख एवं सहसचिव लक्ष्मीप्रसाद गौतमलाई षड्यन्त्रपूर्वक रातारात सरुवा गरेको आरोप आयोगलाई लागेको छ।

    गौतमले नेकपाको हालको विवाद हेरिहेका थिए। र, उनले बहुमतका आधारमा यो विवाद छिनोफानो हुनुपर्छ भन्ने मान्यता अघि सार्दै आएका बेला उनको सरुवा गरिएको आयोग स्रोतले बताएको छ ।

    गौतमले भने आफ्नो सरुवाबारे अहिले केही पनि प्रतिक्रिया दिने अवस्थामा आफू नरहेको  बताए। ‘कति कुरा हामीले बोल्दा हामीलाई मात्रै होइन, आयोगलाई पनि अप्ठ्यारो पर्छ। त्यसैले म मेरो सरुवाको मामिलामा अहिले केही पनि प्रतिक्रिया दिन चाहन्नँ ।’

    दाहाल–नेपाल पक्षका नेता एवं पूर्वमन्त्री योगेश भट्टराईले भने गौतमको सरुवा नियोजित भएको टिप्पणी गरेका छन् ।

    प्रकाशित मिति :पौष २९ २०७७ बुधवार - १३:५३:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij