२०८२ माघ ९ गते शुक्रवार
काठमाडौँ । आयोगको तयारी गरिरहेका परीक्षार्थीका लागि शिक्षक सेवा आयोगले महत्त्वपूर्ण सूचना जारी गरेको छ।
आयोगले परीक्षाका लागि प्रवेशपत्र प्रिन्ट गरिसकेका परीक्षार्थीहरूलाई रोल नम्बर रुजु गरी यकिन हुन अनुरोध गरेको हो। रुजु गर्दा पुरानो र नयाँ रोल नम्बर नमिलेमा नयाँ प्रिन्ट गरी परीक्षामा ल्याउन पनि आयोगले सूचित गरेको छ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij