Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

बहस गर्दै गरेका वकिलको झाँको झार्दै प्रधानन्यायाधिशले भने - दोहोरो बकबास किन गर्नुहुन्छ ?

बहस गर्दै गरेका वकिलको झाँको झार्दै प्रधानन्यायाधिशले भने - दोहोरो बकबास किन गर्नुहुन्छ ?


  • 10.0K
    Shares

    बहस गर्दै गरेका वकिलको झाँको झार्दै प्रधानन्यायाधिशले भने - दोहोरो बकबास किन गर्नुहुन्छ ?

    काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको सुनुवाइ संवैधानिक इजलासको साटो बृहत् पूर्ण इजलासमा हुनुपर्ने रिट निवेदकहरुको जिकिरमाथि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले प्रश्न उठाएका छन् ।

    इजलासमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बृहत् पूर्ण इजलासमा बहस गरिरहेका बेला रोकेर राणाले दुईखाले कुरा नगर्न आग्रह गरेका हुन् ।

    बहस रोकेर राणाले भने– तपाईंहरुको बुझाइ दोहोरो भयो । गम्भीर संवैधानिक व्याख्या आवश्यक छ भनेर निवेदन दिनुभएको छ । अनि बहसमा गम्भीर संवैधानिक व्याख्या संवैधानिक इजलासबाट हुनुहुँदैन भन्नुहुन्छ । यो दुइखाले कुरा भयो । कि संवैधानिक व्याख्या चाहिँदैन भन्नुपर्यो ।

    संविधानमै गम्भीर संवैधानिक ब्याख्या संवैधानिक इजलासबाट हुने व्यवस्था रहेको छ । रिट निवेदकहरुले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको सुनुवाइ संवैधानिक इजलासमा गर्ने प्रधानन्यायाधीशको आदेश नै त्रुटिपूर्ण रहेको जिकिर गरेका छन् ।

    तर महान्यायाधिवक्ता अग्नि खरेलले भने संवैधानिक इजलासबाटै ब्याख्या हुनुपर्ने भन्दै बृहत् पूर्ण इजलास आवश्यक नभएको निवेदन पेश गरेका छन् ।

    संवैधाानिक इजलासमा विश्वम्भर श्रेष्ठ, अनिल सिन्हा, तेजवहादुर केसी र सपना प्रधान मल्ल न्यायाधीश सदस्य छन् ।

    प्रकाशित मिति :पौष २९ २०७७ बुधवार - १३:३९:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij