Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

काँग्रेसका नेता अधिकारीले शिक्षा मन्त्रालय संविधानविपरीत हिडेको लगाए यस्तो आरोप

काँग्रेसका नेता अधिकारीले शिक्षा मन्त्रालय संविधानविपरीत हिडेको लगाए यस्तो आरोप


  • 3.6K
    Shares

    काँग्रेसका नेता अधिकारीले शिक्षा मन्त्रालय संविधानविपरीत हिडेको लगाए यस्तो आरोप
    images

    नेपाली काँग्रेसका नेता राधेश्याम अधिकारीले शिक्षा मन्त्रालय संविधान विपरितको बाटोमा गएको आरोप लगाएका छन् । मंगलवार सिंहदरबारमा बसेको राज्यका निर्देशक सिद्धान्त,नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मुल्यांकन समितिको बैठकमा नेता अधिकारीले यस्तो बताएका हुन् ।

    उनले शिक्षा मन्त्रालय र शिक्षक प्रतिनिधिहरूसँग भएको ५१ बुँदे सहमतिले अहिले भइरहेको संविधानलाई चुनौति दिएको आरोपसमेत लगाए । उनले आधारभूत शिक्षा र स्वास्थ्यको विकास नभइकन मुलुकको उन्नती नहुने बताए । नेता अधिकारीले संघीय शिक्षा ऐनको विधेयक समितिमा ल्याउन प्रस्ताव गरे । 

    आधारभूत र माध्यमिक शिक्षाको सन्दर्भमा संघीय शिक्षा ऐन नल्याए आधारभूत शिक्षा र स्वास्थ्यको कुरा अलपत्र पर्ने उनको भनाइ छ । उनले संघीय शिक्षा विधेयक ल्याउन ढिला भइसकेको भन्दै संघीय शिक्षा विधेयक ल्याउँदा पाठ्यक्रमको एकरूपता, शिक्षकको योग्यता, शिक्षकको योग्यता प्रमाणित गर्ने निकाय, देशभर एकै किसिमको परीक्षण गर्ने विधि समावेश गरेर मात्रै ल्याउन सरकारलाई सुझाव दिए ।

    स्वास्थ्य क्षेत्रको सुधारका लागि संघीय सरकारले अहिले भइरहेको स्वास्थ्य सेवा ऐन वा निजामती ऐनलाई संशोधन गरेर तत्काल नयाँ कानुन बनाउन आवश्यक रहेको उनले औँल्याए । उनले आधारभूत शिक्षा र आधारभूत स्वास्थ्य सबै नेपालीमा पुर्‍याउन ढिला भइसकेको समेत बताए ।

    नेकपा (माओवादी केन्द्र)का नेता दीनानाथ शर्माले शिक्षा र स्वास्थ्यको क्षेत्रमा अझै संघीयता लागु हुन नसकेको बताए । उनले २०२८ सालको शिक्षा ऐनले २०७८ सालमा नेतृत्व गर्न नसक्ने भन्दै गुणात्मक रूपमा, नीतिगत रूपमा शिक्षा ऐन नभएसम्म देशको विकास हुन नसक्ने बताए ।

    नेता शर्माले अहिलेका शिक्षामन्त्री देवेन्द्र पौडेल र मन्त्रालय नयाँ ऐन बनाएर अघि बढ्नुपर्ने ठाउँमा पुरानै शिक्षा नीतिमा रमाइरहेको आरोप पनि लगाए ।

    यस्तै, नेकपा (एमाले)का नेता रावलले राष्ट्रियतासम्बन्धी धेरै विषयहरूमा सांसदहरूमा नै एकरूपता हुन नसकेको बताए । उनले राष्ट्रियतासम्बन्धी विषयमा सरकार र प्रधानमन्त्रीलाई घच्घच्याउन आवश्यक रहेको पनि बताए ।

    नेता रावलले प्रधानमन्त्रीलाई निर्देशित गर्ने समितिमा आजसम्म पनि प्रधानमन्त्री उपस्थित नहुनु दुःखद् भएको बताए । उनले सबै नेतृत्वकर्ताले देश र जनताप्रति उत्तरदायी भएर काम गर्नुपर्नेमा जोड दिए ।

    यसैबीच, राष्ट्रियसभाअन्तर्गतको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिले पदावधि सकिएका तीन राष्ट्रियसभा सदस्यहरूलाई बिदाइ गरेको छ । बिदाइ भएका सदस्यहरूमा राधेश्याम अधिकारी, दीनानाथ शर्मा र रामलखन चमार छन् ।

    प्रकाशित मिति :चैत्र १ २०७८ मंगलवार - १६:३९:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij