Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

माफि माग्न प्रकाश सपूतलाई आग्रह, ट्रेन्डिङमा रहेको ‘पीर’ युट्युबबाट तत्काल हटाइनुपर्ने

माफि माग्न प्रकाश सपूतलाई आग्रह, ट्रेन्डिङमा रहेको ‘पीर’ युट्युबबाट तत्काल हटाइनुपर्ने


  • 4.6K
    Shares

    माफि माग्न प्रकाश सपूतलाई आग्रह, ट्रेन्डिङमा रहेको ‘पीर’ युट्युबबाट तत्काल हटाइनुपर्ने
    images

    नेकपा (माओवादी केन्द्र) निकट भात्री सङ्गठनले गायक प्रकाश सपुतको ‘पीर’ नामक गीतले जनयुद्धमा लागेका महिलालाई अपमान गरेको आरोप लगगाएका छन् ।

    अखिल नेपाल महिला सङ्घ, जनक्रान्तिका घाइते तथा अपाङ्गता योद्धा सङ्घ, जनसांस्कृतिक महासङ्घ र प्रेस सेन्टरलगायतले विज्ञप्ति जारी गरी गीतको भिडियोमा जनयुद्धमा होमिएका महिला र पुरुष अनैतिक कार्यमा पनि लागेको जस्तो व्यहोरा झल्कने गरी समग्र जनयुद्धप्रति नै अपमान गरेको भन्दै आपत्ति जनाएका हुन् ।

    ‘‘नितान्त झुट र भ्रामक कार्य गर्ने उपर तुरुन्त कानुनी कारबाही गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउदछौँ, साथै उक्त म्युजिक भिडियो युट्युब च्यानलबाट तुरुन्त हटाई त्यस्ता निन्दनीय गतिविधि तुरुन्त बन्द गर्न र आम नेपाली जनतासामु सार्वजनिक रुपमा अपराध स्वीकार गरी माफी माग्नसमेत आग्रह गर्दछौँ’’–विज्ञप्तिमा भनिएको छ ।

    प्रकाशित मिति :फाल्गुण ३० २०७८ सोमवार - १३:१३:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij