२०८२ माघ ७ गते बुधवार
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाली श्रमिकको प्रमुख गन्तव्य मुलुक मलेसियाको श्रम स्वीकृति खुल्ला गर्ने निर्णय गरेको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले दुई वर्षदेखि बन्द मलेसियाको श्रम स्वीकृति खुल्ला गर्ने निर्णय गरेको मन्त्रीका प्रेस संयोजक तेजप्रसाद वाग्लेले जानकारी दिए। मलेसियाबाट प्राप्त हुने रोजगारी गुम्न नदिन तत्काल श्रमस्वीकृति दिन थाल्नेनिर्णय गरेको मन्त्री श्रेष्ठले बताएका छन्।
वैदेशिक रोजगार ऐन, २०६४ तथा नेपाल–मलेसिया श्रम सम्झौता प्रतिकुल नहुने गरी दूतावासबाट प्रमाणिकरण भएर आएका मागपत्र अनुसार श्रम स्वीकृति दिने निर्णय भएको छ।
कोरोना महामारीका कारण सन् २०२० मार्चदेखि मलेसिया सरकारले विदेशी कामदार नलिने निर्णय गरेको थियो। त्यससँगै नेपाली श्रमिकहरु पनि जान पाएका थिएनन्। मलेसिया सरकारबाट विदेशी कामदार लिन सुरु गरेसँगै नेपालले पनि श्रम स्वीकृति खुल्ला गर्ने निर्णय गरेको हो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij