२०८२ भाद्र ५ गते बिहिवार
आफ्नै कार्यकालमा संघीय शिक्षा ऐन जारी गर्ने दौडधूपमा छन् शिक्षा मन्त्री देवेन्द्र पौडेल । ऐनका विषयमा सरोकारवालादेखि प्रधानमन्त्री शेरबहादुर देउवासम्मलाई भेटिसकेका छन् ।
नेपाल शिक्षक महासंघले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग शिक्षण काउन्सिलको व्यवस्था गर्न माग गरेको छ । यहि फागुन ९ गते सोमबार महासंघको सो मागप्रति शिक्षा मन्त्रालयले सहमति जनाउँदै आगामी शिक्षा ऐनमा व्यवस्था गर्न लागिएको जनाएको छ ।
मन्त्रालयले भनेको छ, ‘शिक्षकको दर्ता, अध्यापन अनुमतिपत्र प्रदान गर्ने, खारेजी गर्ने, शिक्षक तथा विद्यालयका कर्मचारीको पेशागत विकास लगायतका कार्य गर्न एक शिक्षक काउन्सिलन संघीय शिक्षा ऐनमा व्यवस्था हुनुपर्ने ।’ हालसम्म शिक्षण काउन्सिलसम्बन्धी कुनै कानुनी व्यवस्था छैन ।
गाभिएर बन्द भएका विद्यालयका भौतिक सम्पत्ति मूल विद्यालयको नाममा हस्तानान्तर हुने व्यवस्था मिलाउने र उक्त सम्पत्ति शैक्षिक कार्यमा उपयोग गर्ने गरी व्यवस्था मिलाउन महासंघले मन्त्रालयसँग माग गरेको थियो ।
मन्त्रालयले प्रस्तावित संघीय शिक्षा ऐनमानै उक्त विषयलाई समावेश गरी मूल विद्यालय वा नजिकको सामुदायिक विद्यालयमा अचल सम्पत्ति समेत हस्तानान्तरण हुने व्यवस्था मिलाई सार्वजनिक शैक्षिक प्रयोजनमा मात्र प्रयोग गर्ने वातावरण तयार गर्ने जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij