२०८२ भाद्र ५ गते बिहिवार
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय छात्रवृत्ति शाखा केशरमहल शाखाले विएस्सी फरेष्ट्री विषयमा निशुल्क पढ्न चाहाने विद्यार्थीलाई दरखास्त आह्वान गरेको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर अन्तर्गत सिद्धान्त क्याम्पस गैँडाकोटमा शैक्षिक सत्र २०७८/७९ का लागि छात्रवृत्तिमा दरखास्त आह्वान गरेको हो ।
विएस्सी फरेष्ट्री विषयमा अध्ययनका लागि ५ सिट छात्रवृत्ति कोटा उपलब्ध भएकाले योग्यता पुगेका इच्छुक व्यात्तिहरुले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय छात्रवृत्ति शाखा केशरमहल काठमाडौंमा दरखास्त दिन आग्रह गरीएको छ ।
छात्रवृत्ति कोटामा योग्यताक्रम कायम गर्नुपर्ने भएकाले इच्छुक व्यात्तिहरुले फागुन २९ गतेदेखि चैत ८ गतेभित्र दरखास्त दिनुपर्ने छ ।
https://moe.gov.np/assets/uploads/files/notice_of_forestry_Gaidakot_20785.pdf
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij