Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

 चितवनको भरतपुर अस्पतालमा सुत्केरी र नवजात शिशुको मृत्यु

 चितवनको भरतपुर अस्पतालमा सुत्केरी र नवजात शिशुको मृत्यु


  • 3.3K
    Shares

     चितवनको भरतपुर अस्पतालमा सुत्केरी र नवजात शिशुको मृत्यु
    images

    चितवन। चितवनको भरतपुर अस्पतालमा सुत्केरी गराउन आएकी एक महिला र नवजात शिशुको मृत्यु भएको छ।

    भरतपुर अस्पतालको प्रसूति वार्डमा फागुन २४ गते भर्ना भएकी कावासोती नगरपालिका-४ हसौराकी २७ वर्षीया गंगा गैरे गौतम र उनकी नवजात शिशु (छोरी) को मृत्यु भएको हो।

    गंगाले साधारण तरिकाले नै शुक्रबार छोरी जन्माएकी भए पनि अत्याधिक रक्तश्रावका कारण ज्यान गएको अस्पतालले जनाएको छ। 

    भरतपुर अस्पतालका प्रसूति रोग विभाग प्रमुख डा.सुनिलमणि पौडेलले डिआइटी भएका कारण सुत्केरीको ज्यान गएको बताएका छन्। उनले जति प्रयास गर्दा पनि ज्यान बचाउन नसकिएको बताए।

    प्रकाशित मिति :फाल्गुण २८ २०७८ शनिवार - ११:३३:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij