२०८२ मंसिर ६ गते शनिवार
काठमाडौं । राजस्व अनुसन्धान विभागले बहुराष्ट्रिय कम्पनी कोकाकोला विरुद्ध ७ अर्ब ४३ करोड रुपैयाँभन्दा बढीको विगो दाबी गर्दै मुद्दा दायर गरेको छ ।
विभागले आज पाटन उच्च अदालतमा मुद्दा दायर गरेको हो । बहुराष्ट्रिय कम्पनी कोकाकोलाले सेयर खरिद विक्रीमा लाग्ने पुँजीगत लाभकर नतिरेको पाइएपछि विभागले मुद्दा दायर गरेको हो ।
विभागले ७ अर्ब ४३ करोड ६३ लाख ८२२ रुपैयाँ माग दाबी गर्दै मुद्दा दायर गरेको हो । जसमा ३ अर्ब ७१ करोड ८१ लाख ५० हजार ४११ रुपैयाँ बिगोको शतप्रतिशत जरिवाना समेत कायम गर्दै मुद्दा दायर गरिएको विभागले जानकारी दिएको छ ।
विभागले प्रदिप पाण्डे, पुनित चन्द्र पाल, राजिब टन्डन, भरतबाबु दाहाल, सुमित गोयल, अशोक कुमार मण्डल, डा. त्रिलोचन उप्रेती र सञ्जिव कुमार मिश्रलाई पुँजीगत लाभकर छलीमा संलग्न रहेको भन्दै मुद्दा दायर गरेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij