Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

ताप्लेजुङमा आगलागी अपडेट : उपचारका क्रममा वृद्धाको मृत्यु

ताप्लेजुङमा आगलागी अपडेट : उपचारका क्रममा वृद्धाको मृत्यु


  • 3.0K
    Shares

    ताप्लेजुङमा आगलागी अपडेट : उपचारका क्रममा वृद्धाको मृत्यु
    images

    ताप्लेजुङ। ताप्लेजुङ सदरमुकाम फुङलिङस्थित कोप्चे बजारमा आगलागीमा परी घाइते भएकी मैवाखोला गाउँपालिका घर भई शिव मादेनको घरमा डेरा गरी बस्नेत ६७ वर्षीय वृद्धा चुलीमाया लिम्बूको उपचारका क्रममा मृत्यु भएको छ।

    जिल्ला अस्पताल ताप्लेजुङमा निधन भएको प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलका अनुसार आगलागीबाट शिव मादेनको घर पूर्णरूपमा जलेको छ भने रवीन्द्र लिम्बूको घरमा आंशिक क्षति पुगेको छ।

    स्थानीयवासी, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बलको सहयोगमा आगो नियन्त्रणमा आएको प्रजिअ पोखरेलले जानकारी दिए। कोप्चे बजारमा बिहान ८ बजे अचानक आगलागी सुरु भएको थियो।

    प्रकाशित मिति :फाल्गुण २७ २०७८ शुक्रवार - १६:०७:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij