Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

ताप्लेजुङको फुङलिङ बजारमा आगलागी

ताप्लेजुङको फुङलिङ बजारमा आगलागी


  • 2.6K
    Shares

    ताप्लेजुङको फुङलिङ बजारमा आगलागी
    images

    काठमाडौँ। ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारमा आगलागी भएको छ । फुङलिङ नगरपालिका–४ मा आज बिहान आठ बजेतिर आगो लागेको हो ।

    आगोले दुई वटा घरमा क्षति पुगेको र नियन्त्रणको प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी महेश कुमार पोखरेलले जानकारी दिए । नगरपालिकाको दमकलको सहयोगमा सेना, सशस्त्र र नेपाल प्रहरीको टोली आगो निभाउन खटिएको उनले बताए ।

    ‘बिच बजारमा आगो लागेकाले थप क्षति नहोस् भनेर अन्य दमकल झिकाउने गरी तयारी भइरहेको छ,’ प्रजिअ पोखरेलले भने ।

    ताप्लेजुङ हरेक वर्ष आगलागीको चपेटामा पर्दै आएको छ । गत वर्ष फागुन १८ गते दोभान बजारमा आगलागी हुँदा चालीस बढी घर जलेका थिए ।

    प्रकाशित मिति :फाल्गुण २७ २०७८ शुक्रवार - १०:५२:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij