२०८२ मंसिर ६ गते शनिवार
काठमाडौं । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले ३९ कर्मचारीका लागि विज्ञापन आह्वान गरेको छ। प्रतिष्ठानको सेवा आयोगले शुक्रबार एक सूचना जारी गर्दै सहप्राध्यापक, सहायक प्राध्यापक, प्राज्ञिक नर्सिङ, स्टाफ नर्सलगायत पदमा विज्ञापन आह्वान गरेको हो।
प्रतिष्ठान सेवा आयोगले प्राज्ञिकतर्फ ३४ जना, प्राविधिक नर्सिङतर्फ तीन जना, प्राविधिकतर्फ एक र सामान्य प्रशासनतर्फ एक जनाका लागि विज्ञापन खुला गरेको छ।
बाल चिकित्सा, दन्त चिकित्सा, शल्य चिकित्सा, हाडजोर्नी रोग, आँखा रोग, इन्टरनल मेडिसिन, चर्म तथा यौन रोग लगायतका विधामा प्राज्ञिक चिकित्सक माग गरिएको छ।
अधिकृत पदको लागि २१ वर्ष सहायक पदको लागि १८ र प्राज्ञिक सेवा तफ सहायक प्राध्यापक पदका लागि ४२ वर्ष, सह(प्राध्यापक पदको लागि ४५ वर्ष, प्राविधिक सेवातर्फ ४० वर्ष, प्रशासन सेवा तर्फ ३५ वर्ष उमेर तोकिएको छ। इच्छुकले चैत्र १७ गतेसम्म आवेदन दिन सक्नेछन्।

© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij